Ad Area

महिला सामुदायिकको स्थापना दिवस : सेवा घरमा दिवा खाजा र सामाग्री सहयोग


नारायणपुर, ५ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१ औँ स्थापना दिवशको अवसरमा मानव सेवा घरमा खाजा खुवाईउको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा मावन कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका ४० जना व्यक्तीहरुलाई दिउसोको खाजा खुवाईएको थियो । केन्द्रको स्थापना दिवशको अवसरमा सेवा घरका व्यक्तीहरुलाई खाजा (खिर, पुरी अचार) खुवाउनुकासाथै सेवा घरकालागी अत्यावश्यकीय सामाग्रीहरु पनि सहयोग गरिएको छ ।

खाद्यान्नकासाथै सरसफाईका सामाग्रीहरु, भान्साकालागी आवश्यक सामाग्रीहरु सहयोग गरिएको थियो । चामल, दाल, नुन, तेल, बेसार, धनिया, जिरा, मेथी, स्याम्फु, साबु, सर्फ, चक्कु, हर्पिक, फिनाईल, डाईपर, नमकीन लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा न. १० का अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले मानव सेवा घर व्यवस्थापनकालागी केही चुनौतिहरु भएपनि सबैको सहयोगले केही सहज भएको बताउनुभयो ।

महिलाहरुले मात्र स्थापना गरेर सामाजिक क्षेत्रमा क्रियाशील नेपाल महिला सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवशको अवसर पारेर मानव सेवा घरमा सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुलाई सेवा घरको तर्फबाट घरका संयोजक सुस्मीता श्रेष्ठले स्वागत गर्नुभएको थियो । वि.स २०७६ सालबाट दाङमा सञ्चालन भएको मानव सेवा घर घोराही उपमहानगरपालिका वडा न. १० मा हाल ४० जना रहनुभएको छ । भक्तपुर केन्द्रिय कार्यालय रहेर काम गरिरहेको मानव कल्याण समाजले हाल ६ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

Blog Post Ad

भक्तपुर झौखेल, निजगढ हेटौडा, पशुपति क्षेत्र गौशाला, पनौति भक्तपुर, सौखु काभ्रे र नारायणपुर दाङबाट सेवा घर सञ्चालन गरेको छ । जसमा ३ सय बढि व्यक्तीहरुलाई सेवा घरले सेवा दिईरहेको र जसमध्य ४५ जना बालबालिकाहरुमात्र रहेको सेवा घर नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad