Ad Area

मावि सिक्टाका शिक्षक खत्रीलाई पुनः स्पष्टिकरण


देउखुरी,५ भदौ । राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई पुनः पटक स्पष्टिकरण सोधेको छ ।

सामाजिक संजाल फेसबुकमा राजपुर गाउँपलिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गाली, गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै गाउँपालिकाले शिक्षा निमावली २०५९ (संशोधन सहित) को नियम १४० बमोजिम शिक्षक खत्रीलाई भदौको २ गते २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

तर पालिकाले सोधेको समयमा शिक्षक उपस्थीत नभएको र चित्त बुझ्दो जबाफ नदिएकाले बुधवार पुनः स्पष्टीकरण सोधेको छ । शिक्षा निमावली २०५९ (संशोधन सहित) को नियम १४० उपनियम (२) बमोजिम शिक्षा निमावली, शिक्षा निमावली २०५९ (संशोधन सहित) को नियम १३५ बमोजिम सजाय गर्न नपर्ने कुनै कारण भए तीन दिनभित्र आफै उपस्थित भए चित्त बुझ्दो कारणसहित पुनः लिखित स्पष्टीकरण माग गरेको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

शिक्षक खत्रीले सामाजिक सञ्जालमा गाली, गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गर्नका साथै गाउँपालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भारतबहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अबरोध गर्ने गरेको उल्लेख गरेको छ । जिम्मेवारी खोसेको भन्दै खत्रीले पठनपाठन समेत प्रभावित पार्ने गरेका थिए । उनी गाउँपालिकामा पटक पटक विवादमा पर्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad