Ad Area

क्याम्पसमा विस्पोट गराएको आरोपमा दुई जना विद्यार्थी पक्राउ


घोराही, ६ भदौ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा संकास्पद बस्तु बिस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत क्याम्प्समा बिहीबार बिहान ९ बजेतिर सुतली बम जस्तो देखिने विस्फोटक पदार्थ पट्काएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार पक्राउ पर्ने घोराही उपमहानगरपालिका– १५ निवासी अभियान थापा र सुभम कार्की रहेका छन् । कार्की महेन्द्र बहुमुखी क्याम्पस घोराहीमै बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी हुन भने थापा भर्खरै १२ कक्षा अध्ययन गरेका विद्यार्थी हुन ।

पक्राउ परेका विद्यार्थी दुवै जनाले रमाइलोका लागि विस्पोट गराएको तर बम नभएको बताएको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले बताउनुभएको छ । प्रहरी नायव उपरीक्षक तिमल्सिनाले भन्नुभयो,‘क्याम्पसको गेटनजिकै बिस्पोटक पदार्थ पटक्एिको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा सुतली बम जस्तो देखिने बिस्पोटक पदार्थ देखिन्छ,घट्ना संकास्पद रहेकाले थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार उनीहरु ८ प ३३२३ नं.को मोटरसाईकलमा आएर जुटको बोरामा संकास्पद बस्तु क्याम्पसको गेट नजिकै फालेका थिए । उक्त बस्ती फालेको केही समयपछि फट्किएको र उक्त बस्तु सुतली बम भएको प्रहरीको आशंका रहेको छ । बिस्पोट गराएर भाग्दै गरेको अवस्थमा प्रहरीले भरतपुर क्याम्पस नजिकैबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभएको छ । बिस्फोटबाट क्याम्पसमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तमाथि मुलुकी आचार संहिता २०७४ को परिछेद–७ अन्तरगत बिष्पोटक पदार्थ सम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुन्धानलाई अघि बढाउन तयारी भइरहेको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad