Ad Area

शैक्षिक गुणस्तर सुधारका लागि मावि दलजितपुरमा आर्थिक संकलन अभियान


घोराही,६ भदौ । घोराही उपमहानगरपालिका–५ दलजितपुरमा रहेको महेन्द्र आभारभूत विद्यालयमा सञ्चालन भएको अंग्रेजी माध्यमको कक्षा व्यवस्थित गर्नका लागि आर्थिक संकलनको काम सुरु गरिएको छ ।
आर्थिक संकलन सहयोग समितिका संयोजक प्रेमबहादुर वलीको अध्यक्षतामा बसेको बैठकले स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्न समेत सवैसँग आग्रह गरेको छ ।

आर्थिक संकलन अभियानअन्तर्गत आर्थिक संकलन सहयोग समितिका सदस्य बिशाल पछाईबाट दश हजार पाँच सय, विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम केसीबाट दश हजार एक सय ५५, आर्थिक संकलन समितिका सदस्य मनिराम चौधरीबाट पाँच हजार, जनक चौधरीबाट दुई हजारसहित अभिभावक गरेर विहीवार ४१ हजार रुपैयाँ आर्थिक संकलन भएको विद्यालयका प्रधानाध्यापक प्रदीप केसीले जानकारी दिएका छन् ।

प्रअ केसीका अनुसार यसअघि संकलन भएको ७८ हजारसमेत गरेर विद्यालयका लागि एक लाख १९ रुपैया आर्थिक संकलन भएको छ । ग्रामीण क्षेत्रमा रहेको विद्यालयको शैक्षिक सुधार गुणस्तर सुधार गर्ने उद्देश्य अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको र त्यसका लागि विद्यालयले आर्थिक संकलन गर्न थालेको विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम केसीले जानकारी दिएका छन् ।

विद्यालयमा शिशु कक्षादेखि आठसम्म पढाई सञ्चालन गर्दै आएको विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ । अंग्रेजी माध्यमको कक्षालाई व्यवस्थित गर्दै विद्यालयमा मन्टेश्वरी शिक्षण सिकाईका माध्यमबाट पढाई सञ्चालनका लागि विद्यालयले समिक्षा बस्नेतलाई शिक्षक रुपमा नियुक्त गरेको छ । अहिले कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सञ्चालन भइरहेको विद्यालयमा आगामी पाँच बर्षभित्र क्रमश कक्षा बढाउँदै लग्ने तयारी गरिएको छ ।

Blog Post Ad Blog Post Ad