Ad Area

मन्त्रीद्वय न्यौपाने र चौधरीलाई स्वागत


दाङ, ८ भदौ । नारायणपुर उद्योग वाणिज्य संघ दाङले लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीलाई स्वागत तथा सम्मान गरेको छ ।

संघले आज एक कार्यक्रमको आयोजना गरी मन्त्रीद्वय न्यौपाने र चौधरीलाई स्वागत तथा सम्मान गरेको हो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नारायणपुर क्षेत्रका पर्यटकीय क्षेत्रलाई व्यवसायिक रुपले अगाडि बढाउने बताए । ‘लुम्बिनी प्रदेशभित्रका पर्यटकीय क्षेत्रलाई विकास गर्ने योजना रहेको यस प्रदेशले नारायणपुर क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अगाडि बढाउने छ । यस क्षेत्रभित्र धार्मिक, सांस्कृति तथा प्राकृतिक पर्यटनको सम्भावना प्रचुर रहेको छ । यस क्षेत्रका सम्भावनालाई विकाससँग जोड्न सरकारले कुनै कन्जुस्याइँ गर्ने छैन । ’ मन्त्री न्यौपानेले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नारायणपुर क्षेत्रमा सिँचाइको अभाव हुन नदिनका लागि सरकारले काम गर्ने बताइन् । नारायणपुर क्षेत्र कृषि उत्पादनको क्षेत्र भएका कारण पनि सिँचाइलाई प्राथमिकतामा राखेर काम गरिने मन्त्री चौधरीको भनाइ थियो ।
संघका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अभियान बस्नेत, पूर्व अध्यक्ष महेन्द्र दाहाल लगायतले मन्तव्य राखेका थिए ।

उद्योग उपाध्यक्ष बसन्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव जागेश्वरप्रसाद डाँगीले गरेका थिए ।

यसैबिच नारायणपुर खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले पनि मन्त्रीद्वय न्यौपाने र चौधरीलाई स्वागत तथा सम्मान गरेको छ । समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad