Ad Area

लुम्बिनी प्रदेशका यातायात कार्यालयमा टोकन प्रणाली लागु गर्न निर्देशन


घोराही,७ भदौ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले यातयात कार्यालयहरूमा अनिवार्य टोकन प्रणाली लागु गर्न कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा कार्यालय प्रमुखसहितको बार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले यातायात कार्यालहरुमा सेवाग्राहीले भोग्दै आएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो ।

यातायात कार्यालहरुमा टोकन प्रणाली लागु नहुँदा सेवाग्राहीहरु लामो समयसम्म लाइन बस्नुपर्ने असहजता रहँदै आएको छ । सेवा लिन जाने सेवाग्राहीलाई सहजताका लागि तत्काल टोकन प्रणाली लागु गरेर सहज बनाउन मन्त्री न्यौपानेले निर्देशन दिनुभएको हो । मन्त्री न्यौपानेले भन्नुभयो,‘सेवा लिन कार्यालय पुग्ने सेवाग्राही लामो समयसम्म लाइनमा उभिएर सास्ती पाइराखेको अवस्था छ, यो सास्तीबाट नागरिकलाइ छुट दिनुपर्छ । यसका लागि तत्काल कार्यालयमा सेवाग्राहीका लागि टोकनको उपयुक्त हुन सक्छ ।’ नागरिकलाई सेवा लिनका लागि सास्ती दिन नहुने भन्दै मन्त्री न्यौपानेले जतिसक्यो सहजता बनाउनतर्फ लाग्नुपर्छ ।

मन्त्री न्यौपानेले भनसुनका आधारमा सवारी चालक अनुमती पत्र दिन नहुने भन्दै यसमा कडा नियमन गर्न पनि कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । सवारी साधन चलाउन सक्नेलाई मात्र उनीहरुको क्षमताका आधारमा लाइसेन्स बितरण गर्न भन्दै मन्त्री न्यौपानेले चालक अनुमती पत्रमा कडाइ गर्न आग्रह गरेका हुन । मन्त्री न्यौपानेले पर्यटन बिकासका सन्दर्भमा प्रदेशका पर्यटकिय स्थलहरुको भरपुर प्रचारप्रसार गरेर यहाँ पर्यटकको आगमन बढाउने गरि काम गरिनुपर्ने बताउनुभयो ।

पर्यटकहरुलाई पर्यटकिय स्थलसम्म पुग्नका लागि सडकको अपरिहार्यता रहने भन्दै मन्त्री न्यौपानेले सडक निर्माणका लागि सम्बन्धित मन्त्रालयसंग समन्वय गरेर अघि बढिने समेत बताउभयो । पर्यटकिय बिकास प्रदेशको समृद्धिको प्रमुख आधार रहेको भन्दै मन्त्री न्यौपानेले पर्यटन बिकासमा सबैको हातेमालो अत्यन्त जरुरी रहेको धारणा राख्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad