जेसीज सप्ताहव्यापी कार्यक्रमको समापन, समाजमा पु¥याएको योगदानको प्रशंसा

घोराही, ८ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ महिला जेसीजले सामाजिक कार्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमसँगै अन्य समयमा पनि दाङ महिला जेसीजले महिलाहरुको नेतृत्व तथा क्षमता विकास, लागुऔषधी दुव्यर्सनीविरुद्ध सचेतना, ट्राफिक सेचतना,स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु सञ्चालन गरेर राम्रो काम गरेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगी, सामुदायिक वन महासंघका केन्द्रीय सल्लाहकार एवं नेपाली कांग्रेस दाङ क्षेत्र २ का सभापति भीमप्रकाश खड़का, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, घोराही उपमहानगरपालिका–१३ का अध्यक्ष डुल्लुराम पोख्रेल, दाङ महिला जेसीजकी सस्थापक अध्यक्ष निर्मला गौतम, सस्थापक कानुनी सल्लाहकार ऋतु जोशी,दाङ महिला जेसीजका पूर्व अध्यक्ष निरजा पोख्रेल, त्रिभुवननगर अध्यक्ष रबिकिरण केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मूल संयोजक मिना भण्डारी वलीले सप्ताहव्यापी कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन । समापन कार्यक्रम संयोजक आराधनासिंह ठकुरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता अधिकारीले गरेकी थिइन । कार्यक्रममा उपाध्यक्ष रेमान्ता पुनले आस्था पाठ गराएकी थिइन भने सहभागीलाई कार्यकारिणी उपाध्यक्ष अर्चना शर्माले धन्यावाद ज्ञापन गरेकी थिइन ।