Ad Area

देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो खेलाडीको ग्रेडिङ


श्रवणकुमार यादव
दाङ,८ भदौ ।लमही नगरपालिका-६ देउपुरस्थित देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

स्कुलका खेलकुद प्रमुख तिर्थराज पाण्डेको अध्यक्षता र दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय रेफ्री तथा ग्रेडिङ प्रशिक्षकद्वय जगबहादुर नेपाली र यशोदा नेपालीको उपस्थितिमा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अन्तर्गत, देउखुरी पब्लिक स्कूल तेक्वान्दो डोजाङमा सेतो पेटीको ग्रेडिङ सम्पन्न भएको हो। यस ग्रेडिङ अन्तर्गत २५ जना खेलाडीहरूले डबल प्रमोसन प्राप्त गर्दै हाफ ग्रिन पेटी हासिल गर्न सफल भएकाे स्कूलका प्रिन्सिपल भूमाण्डप केसीले जानकारी दिनुभयो।

हाल स्कूलमा बिहान र बेलुकी गरी दुई सत्रमा तेक्वान्दो कक्षा संचालित हुँदै आएको छ, जसमा प्रशिक्षक तिर्थराज पाण्डेले नियमित रूपमा तालिम दिनुहुन्छ। कार्यक्रममा खेलाडी विद्यार्थी, शिक्षक लागायतका उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण भने स्कुलका शिक्षक सन्दिप खनालले गर्नुभएको थियाे।

Blog Post Ad Blog Post Ad