Ad Area

भुटानलाई हराउँदै नेपाल फाइनलमा


काठमाडौं ,९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरेका थिए । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

 

Blog Post Ad Blog Post Ad