Ad Area

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते


नारद कोहार
तौलिहवा,  १० भदौ  । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

बसमा सवार २६ जना घाइते भएको उहाँको भनाइ छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले बताउनुभयो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Blog Post Ad Blog Post Ad