दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
घोराही, ११ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ ।
गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान घोराही उपमहानगरपालिका–१२ डाडागाउँ निवासी ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको घोराही उपमहानगरपालिका-१२ का वडा अध्यक्ष दोर्ण बहकरीले जानकारीले दिनुभएको छ ।
वडा अध्यक्ष बहकरीका अनुसार करेन्ट लागेर चौधरीको घट्नास्थलमै मृत्यु भएको होे । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा करेन्ट लागेको थियो ।