Ad Area

कविता प्रतियोगितामा सहभागी हुन कांग्रेस दाङको विद्यार्थीलाई आग्रह


दाङ,११ भदौ । नेपाली कांग्रेस दाङले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिता–२०८१ गर्ने भएको छ ।

प्रतियोगिता बिपी कोइरालाको १११ औं जन्म जयन्तीका अवसरमा यहि भदौको २४ गते घोराहीस्थीत नेपाली कांग्रेसको पार्टी कार्यालयमा हुने भएको हो । विहान ११ बजेदेखि हुने अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सहभागीताका लागि नेपाली कांग्रेस दाङले विद्यार्थीलाई आग्रह गरेको छ ।

प्रतियोगितामा सहभागीताका लागि विद्यार्थीले ‘बिपी एक व्यक्तित्व अनेक’, ‘बिपी र प्रजातन्त्र’ र ‘बिपी र राष्ट्रियता’ शिर्षकमा कविता लेख्नुपर्ने छ । प्रतियोगितामा सहभागीताका लागि विद्यार्थीले भदौका २० गतेभित्र कविता पठाई सक्न नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् । प्रतियोगिताका लागि आएका कविताहरुबाट २०८१ भदौको २१ गते निर्णायक मण्डलले सर्ट लिष्ट निकाल्ने र सर्ट लिष्टमा परेका कविताहरुलाई कोइरालाको जन्मदिनको अवसरमा आयोजना गरिने प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीले नगद दश हजारसहित मेडल, प्रमाणप्रत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने विद्यार्थीले नगद सात हजार, तेश्रो हुने विद्यार्थीले नगद पाँच हजार र सन्तोना हुने विद्यार्थीले नगद तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ ।

प्रतियोगितामा सहभागीताका लागि दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका जिल्ला सदस्य शेषमणि गौतम र लिलाराम खनाल, क्षेत्र नं. २ मा नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगी र कोषाध्यक्ष प्रकाश सुवेदी र क्षेत्र नं. ३ मा जिल्ला सहसचिव राजु आचार्य र सुबोदकुमार डाँगीसँग सम्पर्क गर्न समेत कांग्रेस दाङले विद्यार्थी तथा विद्यालयलाई आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad