Ad Area

कर्मचारी युनियनद्वारा संस्कृत पाठशालालाई सहयोग


दाङ,१४ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले घोेराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको छ ।

युनियनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई आर्थिक सहयोग गरेको हो । गुरुकुललाई थोरै भएपनि सहयोग मिलोस भन्ने उद्देश्यले कर्मचारी युनियन दाङ अध्यक्ष श्रीधर अधिकारीलगायतले गुरुकुलका संचालक प्रकाश भट्टराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियनले भदौको १९ गते युनियन स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष पनि नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको निजामती कर्मचारी युनियन दाङका सचिव बीरबहादुर राम्जा पुनले जानकारी दिएका छन् । सोही कार्यक्रमअन्तर्गत पहिलो गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा युनियन दाङका पदाधिकारी तथा पाठशालामा अध्ययनरत बटुकहरुको सहभागिता रहेको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कर्मचारी युनियनले भदौ १५ गते शनिवार राप्ती गाउँपालिका–८ मा रहेको नीलसागर मानव सेवा आश्रमलाई, १७ गते घोराही उपमहानगरपालिका–१७ चौघेरा स्थित गोरक्ष रत्ननाथ मठको योगी प्रभातनाथ कला प्रतिष्ठानका छात्र÷छात्राहरुलाई सिप विकासका लागि आर्ट सामाग्री उपलब्ध गराउने भएको छ ।

त्यसैगरी भदौको १९ गते घोराहीस्थीत जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदानप्रदान, नवप्रवेशी राष्ट्रसेवक कर्मचारीहरुलाई स्वागत एवम् निवृत राष्ट्र सेवकहरुलाई विदाई तथा दाङ रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको युनियन दाङका सचिव पुनले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad