Ad Area

अल्फा तेक्वान्दो डाेजाङका खेलाडीलाई दिल्लीमा ९ पदक


दाङ, १४ मंसिर । भारतको दिल्लीमा भएको तेक्वान्दो प्रतियोगितामा दाङबाट सहभागी खेलाडीहरुले पाँच स्वर्णसहित नौ पदक हात पारेका छन् । नेपाल–भारत मैत्री समाज दिल्लीको आयोजनामा दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१’ मा लुम्विनी प्रदेशको दाङबाट सहभागी भएका खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएका हुन ।

घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले पाँच स्वर्ण, एक रजत र तीन काश्य पदक जित्न सफल भएको तेक्वान्दो खेलाडी सुनिता विष्टले जानकारी दिएकी छिन । प्रतियोगितामा महिला ४६ केजी तौल समुहको खेलमा सुनिता बिष्ट, ५९ केजी तौल समूहमा खेलाडी ममता रिजाल, ४६ केजी तौल समूहमा सरिता केसी, २९ केजी तौल समूहको खेलमा निशा पुन मगर र पुमसे अण्डर १२ तौल समूहमा आयुश न्यौपानेले स्वर्ण पदक जितेका हुन ।

त्यसैगरी खेलाडी बिरेन्द्र डाँगीले ५४ केजीभन्दा कम तौल समूहको खेलमा रजत पदक हात पारेका हुन भने खेलाडीहरु निश्चल घर्ती मगरले ४५ केजी तौलभन्दा कमको समूह, जस्मिन चौधरीले ४८ केजी तौल समूहभन्दा कम र टाइसन विष्टले ३२ केजीभन्दा कम तौल समूहको खेलमा काश्य पदक प्राप्त गर्न सफल भएका हुन । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अन्तराष्ट्रियस्तरको खेलाडीमा सहभागी भएका खेलाडीहरुले आफ्नोसँगै देशको नामलाई उचो पार्ने काम गरेको खेलाडी तथा कोच बिष्टले बताइन । दिल्लीको तोल्कोत्रा खेलकुद मैदानमा प्रतियोगिता मंसिरको ११ र १२ गते गरि दुई दिन चलेको थियो । प्रतियोगितामा घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट ९ जना खेलाडीहरु सहभागी भएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad