Ad Area

प्रतिष्ठानको स्त्रीरोग तथा प्रसुति बिभागमा डा. लामिछाने नियुक्त


दाङ,२४ भदौ । घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्त्रीरोग तथा प्रसुति बिभागमा प्रोफेसरको रुपमा डा. बसन्त लामिछाने पदन्नोनती भएका छन ।

प्रतिष्ठानले प्रोफेसरकोरुपमा प्रसुति रोग विशेषज्ञ समेत रहेका डा. लामिछानेलाई भदौको २१ गतेदेखि नियुक्ति दिएको हो । यसअघि प्रतिष्ठानको रेक्टर(शिक्षाध्यक्ष) भई उनले काम गरेका थिए ।

प्रतिष्ठानमा लामो समय काम गर्ने अनुभवी चिकित्सकका रुपमा लामिछाने रहेका छन । प्रतिष्ठानमा लामो समय काम गरेर प्रोफेसरको नियुक्ति पाउने पहिलो चिकित्सक लामिछाने हुन ।

Blog Post Ad Blog Post Ad