Ad Area

लुम्बिनीका वन मन्त्रीले दिए पदबाट राजिनामा


दाङ, २५ भदौ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले मन्त्री पदबाट राजिनामा दिनु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष कुर्मीले मंगलबार राजिनामा बुझाउनु भएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताउनुभएको छ । बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट निर्वाचित कुर्मी गएको साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको थियो ।

मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीहरुले बिरोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपहरुको छानवीनको लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजिनामा दिएको बताइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन ।

Blog Post Ad Blog Post Ad