Ad Area

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै,यस्तो रहेको छ कार्यसूची


घोराही,२६ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक आज बुधवार बस्ने भएको छ । प्रदेश सभा चौथो अधिवेशनको २९ औं बैठक आज दिउँसो १ बजे बस्न थालेको हो ।

दिउँसो १ बजे बस्न थालेको बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागी बिषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्नेलयातका सम्भावित कार्यसूची तय भएको लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ ।

यस अघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश भएको थियो । प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिएपनि विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

प्रदेश सभाबाट पास हुनुपर्ने तर, अझैंसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्तिविकासमा असर परेको भन्दै कर्मचारीले पास गर्न माग गर्दै आएका छन् । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संसोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad