Ad Area

शरदको एकल कविता वाचन


दाङ,२९ भदौ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७८औ श्रृङ्खलामा साहित्यकार शरद गौतमको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा एकल कविता बाचन कार्यक्रम भएको हो ।

साहित्यकार शरद गौतमले विभिन्न विषयवस्तुका डेढ दर्जन कविता वाचन गरेका थिए । गौतमका वाचित रचनाहरूको समीक्षा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार पदमप्रसाद शर्माले गरेका थिए ।समीक्षकको रूपमा बोल्दै साहित्यकार शर्माले भने,‘शरद गौतमका कवितामा उज्यालो पक्ष समेटिएका छन् । सबै कविताहरू न्यायको पक्षमा छन् ।अन्यायको विरुद्धमा छन्। समसामयिक विषयवस्तुमा समेटिएका छन् ।’

गौतमले कवितामा राष्ट्रप्रेमका भावनासंगै जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा, वातावरण प्रदूषणले ल्याएको समस्या र समानताको पक्षमा आवाज उठाएको बताएका थिए ।

साथै उनले साहित्यकार गौतमको निरन्तर रूपमा सिर्जनामा लागे यी कविताभन्दा पनि उत्कृष्ट कविता लेख्न सक्ने कुरा बताएका थिए ।
कार्यक्रममा संस्थाको तर्फबाट एकल रचना वाचक साहित्यकार शरद गौतमलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad