Ad Area

कविता : स्वाभिमान


श्रीराम दहित
सधैं आफ्नो बाटोमा अविचलित हिँडु फराकिलो मार्ग निर्माण गर्न सकुँ ।
आफ्नो यात्रा अविरल अगाडि बढाउँ आँटिलो निडर भइ कर्म गर्न सकुँ ।

गते, महिना, वर्ष, शताब्दी बद्लियो चेतनाको द्वार बन्द रहँदा समृद्धिको
गति बदलिएन ।
सनातन मातृभुमिमा जन्मिएर विद्यालय विश्वविद्यालयको शिक्षा लिए ज्ञान नपाउँदा समृद्ध बन्न सकिएन ।

छातीमाथि कुल्चिएर नखेलुन स्वार्थी परजीवी देश खाने धमिरा नेपाली स्वाभिमान बचाऔं ।
आफ्नो मुल्य जानौं म एक महत्त्वपूर्ण व्यक्ति हुँ उपयोगी बनुँ नेपाली स्वाभिमान बचाऔं ।

चौर, खेत, खलियान, पाखा, पँधेरो जहाँ पनि टेकुँ जोशमा होस नगुमाई नेपाली स्वाभिमान बचाऔं ।
कठोर सहज हरेक परिस्थितिमा कर्मफलको सुनिश्चित गर्दै गन्तव्य पुग्नुछ नेपाली स्वाभिमान बचाऔं ।

मातृभुमि प्राणी रक्षा गर्न गराउन व्यक्तिगत स्वार्थ तिलान्जलि दिऔं बचाऔं नेपाली स्वाभिमान ।
भुतकाल मन्त्र, वर्तमान अमृत अनि भविष्यकाल बनोस् निर्देशिका सदुपयोग गरि बचाऔं नेपाली स्वाभिमान ।

स्वर्ग समान स्वतन्त्र सम्भावना छन् असंख्य अपार पसिना रोपौं बचाऔं नेपाली स्वाभिमान ।
कला संस्कृति सनातन ऋषि परम्परा संस्कार पालन गरौँ गराऔँ,
बचाऔं नेपाली स्वाभिमान ।

Blog Post Ad

बाली पाक्दैन त्यसै गोडमेल मलखाद सिंचाइ नगरी स्वाबलम्बि भइ पर्दर्शन गरौँ बचाऔं नेपाली स्वाभिमान ।
सित्तैमा प्राप्त गरेको फल पद प्रतिष्ठा जति जसरी सहजै आउने गर्छ त्यसैगरी गुमेको थाहै हुँदैन बचाऔं नेपाली स्वाभिमान ।

Blog Post Ad Blog Post Ad