Ad Area

बालदिवसमा गुरुकुलले गर्यो म्याराथन दौड प्रतियोगिता


घोराही,२९ भदौ । गुरुकुल एकेडेमीले ६०औँ बाल दिवसको अवसरमा शनिवार म्याराथन दौडसहित बिभिन्न खेलकुद प्रतियोगिता गरेको छ ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर खेलकुद प्रतियोगिता गरेको हो । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बालदिवस कार्यक्रमको उद्धघाटन गर्दै घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।

खेल क्षेत्रलाई गुरुकुल एकेडेमीले प्राथमिकताका साथ अगाडि बढाईरहेको भन्दै आबश्यकताका आधारमा स्थानीय तहले पनि सहयोग गर्न तयार रहेको बताएका थिए । उक्त म्याराथन दौडमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका थिए । जसमा छात्र तर्फ किस्मत महतराले प्रथम स्थान हासिल गरेका थिए ।

त्यसैगरी विशाल गिरी दोस्रो भए । छात्रातर्फ गरीमा चौधरी प्रथम, यशु बुढाथोकि दोस्रो र पुष्पा पुनले तेस्रो स्थान हासिल गर्नुभएको थियो । यस्तै गुरुकुल एकेडेमी तुलसीपुरले आयोजना गरेको म्याराथुन दौडमा छात्रतर्फ नसिप खड्का प्रथम, करण विष्ट दोस्रो र विकास वलीले तेस्रो स्थान हासिल गरेका थिए भने छात्रतर्फ सुस्मिता केसी प्रथम क्रिष्टिना वली दोस्रो र अनुस्का केसी तृतीय स्थान हासिल गरेका थिए।

कार्यक्रमको अतिथिमा एथ्लेटिक प्रशिक्षक पद्यमा चौधरी रहेकी थिइन । यसैगरी गुरुकुल एकेडेमी लमहीको आयोजनामा भएको कार्यक्रममा छात्रतर्फ जोतिरध्या चौधरी प्रथम, आदित्य चौधरी दोस्रो, आलोक पुन मगरले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै छात्रातर्फ प्रशंसा चौधरी प्रथम, चेतना पन्थी दोस्रो र पुजा चौधरीले तेस्रो स्थान हासिल गरेका छन् । कार्यक्रमको प्रमुख अतिथिमा लायन्स क्लव अफ लमहीका अध्यक्ष मधु न्यौपाने रहेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad