Ad Area

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले पनि दिइन् राजीनामा


देउखुरी, ३१ भदौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । उनले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएकी हुन्।

उनले आइतबार मात्रै ५ जना महिला सांसद लिएर चौधरीलाई सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन डेलिकेसन बुझाएकी थिइन् । पछिल्लो कांग्रेस–एमाले गठबन्धन सरकारमा उनी मन्त्रीको आकांक्षी थिइन् ।

गिरी प्यूठानबाट समानुपातिक सांसद हुन् । यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए । तिमल्सिना पनि अन्तिममा मन्त्री बन्नबाट रोकिएका थिए ।