Ad Area

बरिष्ठ साहित्यकार शर्माको निधन


घोराही, २ असोज । दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको ८४ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई स्वास्थ्यमा समस्या देखिएपछि बुधवार विहान गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा शर्माको दिउँसो सवा ३ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।

शर्माको पार्थिक शरीर बुधवार साँझ घोराही उपमहानगरपालिका–१८ मसिनास्थित निवासमा पु¥याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । अन्त्येष्टि विहीवार विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिएका छन् ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

निवृत्त शिक्षक समेत रहनुभएका शर्मा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा छन् । विसं १९९७ साल जेठ १५ गते जन्मिनुभएका शर्माका चार छोरी र एक छोरा रहेका छन् । शर्माकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad