Ad Area

शैक्षिक सुधारका लागि नयाँ शिक्षा प्रणाली अपरिहार्य : मन्त्री न्यौपाने


दाङ,२ असोज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानले शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गर्दै आएपनि शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसक्नु दुःखद भएको मन्त्री न्यौपानेले बताएका हुन ।

शिक्षा दिवसका अवसरमा लमही नगरपालिका नगरपालिकाले बुधवार लमहीमा आयोजना गरेको पुरस्कार वितरण तथा खेलाडी सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेले पुरानो शिक्षा प्रणाली पूर्ण रुपमा तोडिन नसकेका कारण शिक्षा क्षेत्रले फड्को मार्न नसकेको बताए । ‘नेपालको शिक्षा क्षेत्रले अपेक्षित फड्को मार्न सकेको छैन, यो दुःखद विषय हो’,मन्त्री न्यौपानेले भने,‘मौलिक हकका रुपमा उल्लेखित शिक्षालाई परिणामुखी बनाउन अहिलेको प्रमुख दायित्व हो ।’

राज्यले शिक्षा क्षेत्रमा लगानी गर्ने तर नयाँ शैक्षिक प्रणाली लागु हुन नसक्दा शिक्षा क्षेत्रमा परिवर्तन आउन नसकेको मन्त्री न्यौपानेको भनाई थियो । शिक्षामा लगानीसंगै राज्यले समयाअनुकल शिक्षा प्रणाली अवलम्वन गर्नुपर्ने उनको भनाई छ । ‘अव शिक्षा क्षेत्रमा लगानी मात्र होइन, समया अनुकुल शिक्षा प्रणालीको अवधारणा पनि स्पष्ट पार्न जरुरी छ’,मन्त्री न्यौपानेले भने,‘पुरानो शिक्षा प्रणालीले अपेक्षित दक्ष जनशक्ति उत्पादन हुन सक्दैन ।’ अवको शिक्षा प्रणाली अन्तराष्ट्रियस्तरमै प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्ने भन्दै मन्त्री न्यौपानेले प्रविधि र व्यवहारिक ज्ञानसहितको शिक्षा प्रणाली अवलम्वन गर्नै पर्ने अवश्यकतामा जोड दिएका थिए ।

शिक्षा क्षेत्रमा देखिएको विद्यमान राजनीतिले पनि शिक्षा क्षेत्रलाई उकास बन्देज गरिरहेको भन्दै मन्त्री न्यौपानले शिक्षाामा हुँदै आएको राजनीतिको गतल प्रतिष्पर्धालाई अन्त्य ग्िरनुपर्ने बताए । शैक्षिक थलोलाई राजनीतिक लाभवको धलोका रुपमा दलहरुले हेर्न नहुने भन्दै शिक्षाको विकास निम्ती सवै दल र दलका नेताहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए । ‘शैक्षिक थलोहरुलाई राजनीतिक अखडा बनाइनु हुँदैन । राजनीतिक प्रतिशोष्धकैकारण पनि शिक्षा क्षेत्रले उकास पाउन नसकिरहेको दुःख अवस्था छ’,मन्त्री न्यौपानेले भने,‘सवै दलहरु शिक्षाको विकासका लागि एृकता भएर साँझा धारणा निर्माण गरिनुपर्छ ।’ विद्यालय तहको शिक्षा क्षेत्रको जिम्मेवारी स्थानीय तहलाई रहेको भन्दै स्थानीय तहहरु शिक्षा विकासका लागि अझ बढी जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने आवश्यकतामा मन्त्री न्यौपानेले जोड दिए ।

नेपालको जनशक्ति नेपालमा स्वरोजगार बन्नका लागि निमत्ति उत्कृष्ट शिक्षाका लागि प्रबन्ध मिलाउने दायित्व स्थानीय सरकारहरुको रहेको भन्दै यसका निम्ती स्थानीय तहहरुले राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षलाई एक बनाउनुपर्ने बताए । ‘अहिले माध्यामिक विद्यालय तहको शिक्षाको अधिकार स्थानीय सरकारहरुलाई छ,यसर्थ शिक्षा क्षेत्रमा स्थानीय तह बढी जिम्मेवार बन्नु पर्छ’,मन्त्री न्यौपानेले भने,‘शिक्षा क्षेत्रलाई कसरी परिणामखुखी बनाउने भन्ने विषयमा गम्भीर भइ स्थानीय तहहरुले आफ्ना निती कार्यक्रममा शिक्षालाई महत्वपूर्ण रुपमा उल्लेख गरेर कार्यान्वयन गर्नुपर्छ ।’

लमही नगरपालिका प्रमुख जोखराज चौधरीको अध्यक्षता तथा मन्त्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले चयन गरेका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको थियो । यसैगरी शिक्षा दिवसका अवसरमा नगरपालिकाले आयोजना गरेका विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad