लोकतान्त्रिक संविधान र नागरिक अपेक्षा
श्रीराम दहित
नागरिकद्वारा नागरिकका लागि सत्ता शासन संचालन गरिने राजनैतिक व्यवस्था हो, लोकतन्त्र। लोकतन्त्रमा आफुले चाहेको सत्तासंग सामाजिक राजनैतिक, आर्थिक, धार्मिक र प्रशासनिक विचार राख्ने कलंक रहित नेतृत्व स्वयंले स्वतन्त्रता पूर्वक चुन्न पाइन्छ ।
यस व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वतन्त्रता पूर्वक मताधिकारको प्रयोग गर्न पाउनु हो। विश्वमा जसरी विविध अभियान आन्दोलन स्वतन्त्रता मानव अधिकार प्राप्तिका लागि गरे झैँ, नेपालमा पनि स्वतन्त्रता मानव अधिकार लगायत विविध पक्षमा चरणबद्ध गरिएको अभियान आन्दोलनको उपलब्धि “लोकतान्त्रिक शासन व्यवस्था” हो।
संविधान नीति विधि प्रक्रिया अनुरुप राज्य संचालन गर्ने लक्ष्य योजना र कर्म गर्ने सकारात्मक नेतृत्वमा आउन चाहनु संविधानको व्यावहारिक प्रयोग अभ्यासमा आउँदै गरेको ठहर विज्ञ हरुको विचार उढृत गर्न सकिन्छ ।”जसको निति उसैको नेतृत्व” भनेझैं सचेत राष्ट्रवादी मतदाताले संविधान बमोजिम दोस्रो कार्यकालका लागि स्थानीय, प्रदेश तथा संघीय शासन संचालनका लागि संवैधानिक अधिकार मताधिकार प्रयोग गरि सकेका छन् ।
विविध अवस्थामा नागरिकका लागि दैनिक आधारभुत आवस्यकता पुर्तीको समाधान त्यस देश क्षेत्रको विद्यमान प्रचलित परम्परा संस्कार ऐन नियमको पालना गर्ने गराउने गरिन्छ ।निश्चित रूपमा लिखत गरिएको दस्तावेज संविधान हो ।
संविधान प्रदत्त मताअधिकारको प्रयोग गरि दोस्रो पटक तहगत सरकार गठन भइ सकेको छ, बलिदानीबाट आएको व्यवस्थाको सरकार तहमा नेतृत्वमा सदिऔं देखिन अगुवाई गरि आएका हरुको विकल्प नागरिकको तहमा खोज्दै गरेको प्रतिनिधि मुलक गुनासो तिक्तता यत्रतत्र सर्बत्र छताछुल्ल देखिन्छन् ।
राष्ट्र निर्माणमा हरेक समुदाय, लिङ्ग, वर्गको समावेशी समानुपातिक रूपमा सहभागी श्रमशक्ति क्षमता र योग्यताको आधारमा निर्वाचित जनप्रतिनिधिहरु पठाउन सकिएन कि ?स्वयसंग सवाल जवाफ खोज्दै समय छँदै विवेकशील स्वतन्त्र निष्पक्ष शब्दको हदैसम्मको सदुपयोग हुँदा राजनीतिक वितृष्णा न्यूनीकरण गर्न दल तथा नेतृत्व ले भावुक भइ सच्चिन जरुरी देखिन्छ ।
आफ्ना लागि आफैं नेतृत्व चयन गर्ने विधि व्यवस्थामा आवधिक निर्वाचनमार्फत चयन हुन नसक्दा वर्तमान परिदृष्य उतारचढाव व्यक्तिगत संस्थागत दलगत स्वार्थका कारण नागरिकको तहमा चोक चौतारीमा छताछुल्ल सुन्न देख्न पाइन्छ । राजनीतिक दल र मतदाता विचको दुरि निकै बढी सकेको छ यथार्थले करनी र कथनी मेल खान सकेन कि ?
गुणात्मक उच्च राष्ट्रहितमा प्रस्फुटन हुने आवाज अभियान संख्यात्मक रूपमा न्यून नजरअन्दाज गरिएता पनि सदिऔं देखि यथास्थिति अडिग छन् । ती महान विचार पुष्पित पल्लवित हुनबाट रोक लगाउने घृणित आर्थिक चलखेलका आधारमा मनोनीत हुनु हो ।
विश्व मानचित्रमा प्राकृतिक रूपमा मनोरम आध्यात्मिक शक्ति केन्द्र शुप्रसिद्द मातृभुमी नेपाल लाई असफल राष्ट्रको दर्जामा पुर्याउन निसन्देह होडबाजी चलेको छ।
असक्षम नेतृत्वका कारण हजारौंको संख्यामा दैनिक युवा जनशक्ति हातमुखको जोहो गर्न विदेशी भुमिमा पलायन हुन बाध्य छन् ।संविधानको पचास प्रतिशत पालना गर्ने गराउने हो भने दुई रोटीका लागि विदेशीएका युवा जनशक्ति काठको बाकसमा फिर्ता हुनुपर्ने थिएन कि?
दलका घोषणापत्र !
राजनैतिक दलका पेशेवर प्रतिनिधिमार्फत मत संकलन गरि आआफ्नो पक्षमा निर्वाचन परिणाम प्राप्त गर्न निरीह मतदाताहरुको आर्थिक विपन्नता लगायतका आधारभूत समस्याको सर्बेक्षण गरि आकर्षक घोषणापत्र तथा आर्थिक प्रलोभनको प्रभावमा पार्दै चाहेको झै जनप्रतिनिधि नेतृत्वमा आउन बञ्चित गरिन्छ ।
राजनैतिक दलका यस्ता यथार्थ परक कर्तुत लाई मतदाताले सामाजिक बहिष्कार गर्ने समय नजिकिदै छ ।समाजसेवालाई आयआर्जन गर्ने पेशा ठान्दै राष्ट्रका कलंकको विपक्षम आवाज बुलन्द गर्ने समय नजिकिँदै छ ।नागरिकको वैचारिक स्तरोन्नति क्रमिक हुँदैछ।
लक्ष्य बिहिन दल तथा व्यक्तिका विपक्षमा सचेतना अभियान थालिएको छ । विश्वभर पहिचान बनाई सकेको स्वाभिमानी नेपालीले कौडीको भाउमा क्षमता र स्वाभिमान बेच्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य शुनिश्चित छ।लक्ष्य महान भएका एकआध व्यक्तित्वसंग स्वतन्त्र रूपमा साझा सवाल राखौं सरल जवाफ आउनेछ – नेपाली हुनुमा गौरव गर्ने वातावरण स्वाभिमान पूर्वक जिउने अवसर ,सिप र दक्षता अनुसारको कर्मले राष्ट्र निर्माणका लागि नियमित कडा परिश्रम गर्न पाइयोस् अब मानव विचार जस्तो संसारको शक्तिशाली तत्वलाई भौतिक वस्तुले खरिदबिक्री गर्ने प्रयास राजनीति लाई आय आर्जनको पेशा ठान्नेले बुझ्न जरुरी छ,लोकतान्त्रिक उद्घोषको ध्वनि शक्ति तपाईंको आसपासमा आइ पुग्दै छ ।
मतदाताको आफ्नै घोषणा ! मतदाताले प्रश्न गर्ने छन् – निर्वाचित भए पश्चात् तपाईंको ३ महिनामा गरिने कार्ययोजना के- के हुनेछन् ? कृषि उद्योग शिक्षा स्वास्थ खानेपानी पर्यटन र संस्कृतिको माध्यमबाट स्वाबलम्बी स्वाभिमान व्यक्ति निर्माण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कसरी बलियो आत्मनिर्भर बनाउन सकिन्छ निम्न कार्य सम्पन्न गर्न गराउन गरिने कार्ययोजना के के हुन सक्छन् ?भ्रष्टाचार न्यूनीकरण गर्ने ठोस योजना हरु के-के छन् ? जस्ता आधारभूत विषयवस्तु संलग्न गरि घोषणापत्र निर्माण गर्न जरुरी छ।
नेतृत्व सधैं स्वतन्त्र स्पष्ट रूपमा प्रस्तुत हुन जरुरी हुन्छ ।नेतृत्वमा त्याग समझदारी बहादुरी समर्पण जिम्मेवारी सधैं राख्नलाई आँखा अगाडि राख्न जुनसुकै स्वार्थलाई समेत प्रवाह नगरी संविधान विधि निति तथा प्रक्रिया विपरीत कार्यबाट टाढा रहन जरुरी हुन्छ । दैनिक कार्यतालिका अनुसार जनसेवामा अपेक्षित कर्म गर्न सधैं तत्पर रहनु नेतृत्व हो।
राष्ट्रहितमा एकता र समर्पणम मतदाता वा नेता दुबैमा राष्ट्रहितमा साझा धारणा हुन जरुरी छ।नागरिक तथा राष्ट्रप्रति आघात हुने गतिविधि नगर्ने जाति, लिङ्ग, धर्म, वर्गप्रति भेदभाव रहित नियत चिन्तन चरित्र तथा सक्षम कार्ययोजना भएको व्यक्तित्वलाई पहिचान गरि गराइ मतदानको सदुपयोग गर्न जरुरी छ।
मतदान मात्र हाम्रो कर्तव्य होइन
लोकतान्त्रिक शासन व्यवस्थामा सबैभन्दा सुन्दर पक्ष मतदान द्वारा निर्वाचन प्रक्रिया गर्नु हो ।तर मतदान गर्नु मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता राख्यौं भने भुल हुनेछ । एउटा निर्वाचन देखि अर्को निर्वाचन सम्म निर्वाचित जनप्रतिनिधिको सकारात्मक तथा नकारात्मक कर्म गतिविधिलाई मुल्यांकन गर्दै दण्ड तथा पुरस्कारलाई पनि मतदाताको धर्म हो । जनप्रतिनिधिले यदि हाम्रा लागि अर्थात नागरिकको हितमा बनाइएको योजनाले सन्तुष्ट अनुभुती भयो ?भौतिक पुर्वाधार मापन अनुसारको छ?
आर्थिक पारदर्शिता छ ? तपाईंले मतदान गरि निर्वाचित भएको जनप्रतिनिधिले राष्ट्रहित विपरीत कार्य गरेमा मतदाता स्वयं जवाफदेहि हुनुपर्छ ।किनभने सचेतना निगरानी राख्नु पनि तपाईंको पनि दायित्व हो।
दिवसको औचित्यमा सकारात्मक सजग संगठित हुनु मतदाताको अर्को महत्त्वपूर्ण धर्म हो।हामी मतदाताहरु सकारात्मक समझदार संगठित जिम्मेवार पुर्वक अपनत्वको महसुस गर्नु गराउनु मतदाताको कर्तव्य हो। नेतृत्व अमुक व्यक्तिले गरुन् राष्ट्र समृद्ध गर्नु हाम्रो साझा दायित्व हो राजनैतिक कार्यकर्ता नेता वा मतदाता सबै देशका नागरिक हौं ।
देशमा लोकतान्त्रिक संविधान निर्माण भए पश्चात् दोस्रो कार्यकालका लागि जनप्रतिनिधि तहगत रूपमा निर्वाचित गरि गराइ विविध आशा तथा निराशा सहितको यात्रामा अनवरत यात्रीको रूपमा पदार्पण गर्दै छौँ । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न गराउन जनजनसम्म सचेतना अपनत्व दायित्व कर्तव्यबोध र अधिकार प्राप्तिमा हातेमालो गरौं ।राष्ट्र निर्माण हामी सबैको साझा लक्ष्य कुण्ठित नहोस् ।
जय मातृभुमी नेपाल !