Ad Area

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


घोराही,३ असोज । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं. ६ को कुसुमगैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल विहीवार विहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल विहान सवा ६ बजेतिर कुसुमगैरामा दुर्घटना भएको थियो ।

दुर्घटनामा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २७ बर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ बर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक केसीका अनुसार मृतकको शवलाई पोस्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ । प्रहरीले घट्ना बारेमा थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

Blog Post Ad Blog Post Ad