Ad Area

सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्न सुरु


काठमाडौँ,१५ मंसिर । सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दाको पेसी तोकिएको छ । बुधबार गोला प्रथाबाट सर्वोच्चमा २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् ।

न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अधिकारको दुरुपयोग गर्दै न्याय निरुपणमा मनलाग्दी गरेको भन्दै सर्वोच्चको फुलकोर्ट बैठकले गोलाप्रणालीबाट पेशी तोक्ने निर्णय गरेको थियो ।

गोलाप्रथाबाट पेशी तोकिएसँगै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका न्यायाधीश आजदेखि इजलास फर्किने तयारीमा छन् । बारले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक ८ गतेदेखि निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad