Ad Area

खोजरफ्तार डट कम दोस्रो वर्षमा प्रवेश


घोराही,१४ मंसिर । दाङको घोराहीबाट सञ्चालित खोज रफ्तार डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल मंसिर १४ देखी आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको खोज रफ्तार डट कम ले पहिलो बर्ष पुरा गरेर दोस्रोे बर्षमा प्रवेश गरेको हो ।

संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पु¥याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहिन नागरिकहरुका आवाज बोल्ने उद्धेश्यका सर्वप्रिय मिडिया हाउस प्रालिले खोज रफ्तार डट कम सञ्चालन गरेको हो ।

डिजिटल अन्लाईन खोज रफ्तार डट कमले आवाज विहिनका आवाज बोल्नुका साथै नागरिकलाई सुसुचित र खबरदारी गर्ने काम गरिरहेको सर्वप्रिय मिडिया हाउस प्रालिका अध्यक्ष हेमराज नेपाली परिवर्तनले जानकारी दिए । अहिलेको परिबेशमा नागरिकहरु निरन्तर सुचना प्राप्त गर्न चाहाने र यसका लागी सबैभन्दा छिटो, छरितो र भरपर्दो माध्यम अन्लाईन भएको उनको भनाई रहेको छ ।

खोज रफ्तार डट कमले स्थानीय पर्यटन प्रर्वद्धनलाई प्राथामिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हासिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य लगाएत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेखरचना र फोटोहरु प्रकाशन गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad