Ad Area

ज्ञानज्योतिलाई कुवेर शाह स्मृति कप भलिबलको उपाधि


लक्ष्मण बस्नेत
दाङ, ६ असोज । तुलसीपुर अरनीको मैदानमा सञ्चालित स्वर्गीय कुवेरबहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि ज्ञान ज्योति कलेज तुलसीपुरले जितेको छ ।

नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक व्यवस्थापनमा अरनीको खेल मैदान तुलसीपुरमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनीको माध्यमिक विद्यालय तुलसीपुरलाई २५–१३, २५–१४ र २५–१४ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै ज्ञान ज्योतीले उपाधि चुमेको हो ।

उपाधिसँगै उसले नगद एक लाख पाँच हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाइनलमा पराजित अरनीको उपविजेतामा सीमित रहँदै नगद नगद ६५ हजार नगद, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । यसैगरी हेलो मोबाइल ‘ए’ तुलसीपुरले तृतीय स्थान हात पा¥यो । तेस्रो भएको टिमले ३५ हजार नगद, कप तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पु¥याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुवेरबहादुर शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बेस्ट प्लेयर खेलाडी ज्ञान ज्योति कलेजका हेमन्त मल्ल भए । उनले नगद ३५ सय र ट्रफी हात पारे ।

यसैगरी बेष्ट ब्लकर ज्ञानज्योतिकै चिरण खड्का, बेष्ट स्पाइकर ग्रेट अरनीकोका विक्रम बोहरा, बेस्ट सेटर ज्ञान ज्योतिका सुवास कवर, बेस्ट लिब्रो ग्रेट अरनीकोका अविशेक वली र बेस्ट सर्भर ज्ञान ज्योतिका मनिष मानन्धरलाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिनसम्म सञ्चालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री प्रतिनिधि सभा सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ ख का सभापति खिमबहादुर वली, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतलगायतले बधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण नेपाली काग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेलले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad