Ad Area

कविता : उनलाई नमन !


श्रीराम दहित
मानवीय सुखदुःखमा स्वयंको अनुभुती जसले गर्‍यो नमन ।
संकट अवरोध सहजै पन्छायो साधक बनी उसलाई सधैं नमन ।
नर्स चिकित्सक शिक्षक अभियन्ता, जसले सेवा लक्ष्य बनाए ।
समाज रुपान्तरण उनीहरुको धर्म ,सधैं सहयात्री गुणगान गाए ।
मानव सेवा लक्ष्य सधैं बनाइ दीप झैँ स्वयं जल्दै स्वार्थ ।उनीहरुको विश्व शान्ति, त्यसैले सधैं बल्दै ।

सनातन संस्कार धर्म धारण गर्दै त्याग समर्पण जसले गर्‍यो नमन ।
स्वयं मुक्तिको मार्गमा लाग्दै प्राणी हितमा कर्म गर्नेलाई सधैं नमन ।
जन्मभुमि जसले प्राण प्रिय ठान्दै नित्य निरन्तर कर्म गर्‍यो नमन।
आध्यात्मसंगै भौतिकताको सत्यतथ्य बताउने साधक जनलाई नमन।

राष्ट्रियता सनातनी पहिचान,जसले बुलन्द आवाज गर्‍यो नमन ।
राष्ट्रवादको हरेक सवालमा,जो अघि सर्‍यो सधैं गरौँ नमन ।
निस्वार्थ भावद्वारा जागरण अभियान जनजनमा जसले पुर्याउँदै नमन।

धर्म जाति वर्ग वर्ण लैङ्गिक भेदभाव जसले गर्दैन उनलाई नमन
सहनशीलतामा धर्ती सरि ,मन जसको आकाश झैँ उनलाई नमन‌।
निति विधि आचरणमा अटल रहन्छ जो सधैं उनलाई गरौं नमन ।
साधना उपासना आराधना गर्दै सकारात्मक रुपान्तरण गर्नेलाई नमन।

धर्म,तन्त्र सरल शुत्र हो भनी बुझी बुझाउने लाई सधैं गरौं नमन‌।
आदर्श प्रति दृढ संकल्पित यौद्धा हरुलाई सधैं साथ दिदै नमन ।
वैचारिक नैतिक सामाजिक क्रान्ति गर्दै वलिदानी गर्नेलाई नमन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad