सुनिल पुन स्मृति फुटबल प्रतियोगिता,आज सेमिफाईनल खेल हुँदै
नारायणपुर, ८ असोज । घोराही उपमहानगरपालिका १० निवासी स्व सुनिल पुनको स्मृतिमा सञ्चालित प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत आज मंगलवार सेमिफाईनल खेल हुने भएका छन् ।
न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा सञ्चालित प्रतियोगिता अन्तरगत आज सेमिफाईनल खेलहरु हुन थालेका हुन । फाईनल प्रवेशकालागी न्यू स्टार फुटबल एकेडेमी सेतो र मेघा स्पोर्ट क्लब भिड्नेछन् भने घोराही १७ र हापुर युथ क्लब एक आपसमा खेल्ने छन् ।
१४ वटा टिम सहभागी प्रतियोगिता नकआउट चरणमा खेलाईएको थियो । घोराही १० बिपी बाटिका खेल मैदानमा आज दिउसो २ बजे हापुर युथ क्लब र घोराही १७ बिच खेल हुनेछ भने अपराह्न ४ बजे न्यू स्टार फुटबल एकेडेमी र मेगा स्पोर्ट क्लबबीच हुनेछ । प्रतियोगिताको फाईनल खेल असोज ९ गते भोली बुधवार हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक खुमबहादुर पुनले जानकारी दिनुभयो ।