Ad Area

प्रथम सुनिल पुन स्मृति फुटबलकाे उपाधिका लागि घोराही १७ र न्यु स्टार फुटबल एकेडेमी भिड्ने


घोराही, ८ असोज । प्रथम सुनिल पुन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८१ को उपाधिका लागि आयोजक न्यु स्टार फुटबल एकेडेमी सेतो र घोराही १७ भिड्ने भएका छन् ।

असोज ३ गतेदेखि घोराही १० नारायणपुरस्थित विपि वाटिकाको खेलमैदानमा जारी प्रतियोगिताको पहिलो उपाधिका लागि बुधबार २ बजेपछि दुई टीम आमनेसामने हुन लागेका हुन् ।

अन्तिम दुईमा स्थान पक्का गर्ने क्रममा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा घोराही १७ ले हापुर युथ क्लवलाई टाईबे्रकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समयको खेलमा दुवै टीमबाट १–१ गोल भएपछि फाईनल पुग्न टाईब्रेकर गरिएको थियो । जसमा घोराही १७ ले हापुर युथ क्लबमाथि सहज नतिजा निकाल्न सफल भयो ।

यसअघि निर्धारित समयमा हापुर युथ क्लबबाट सुशील बानिया र घोराही १७ बाट आशिष पुनले गोल गरेका थिए । निकै प्रतिष्पर्धात्मक खेलमा दुवै टीमका खेलाडीले गोल गर्ने अवसर पाए पनि नतिजा निकाल्न सकेनन् ।

यस्तै, अपरान्ह ४ बजेपछि भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक न्यू स्टार फुटबल एकेडेमी सेतोले मेगा स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । सहज जीत निकालेको आयोजक न्यु स्टार फुटबल एकेडेमी सेतोका लागि कप्तान दिपेश पुन, एलिस रसाईली र सागर कुमालले समान १–१ गोल गरे । मेगा स्पोर्टसका तर्फबाट जीवन बुढाथोकीले एक गोल गरेका थिए ।

उपाधि दावेदार न्यु स्टार फुटबल एकेडेमी सेतो र घोराही १७ बीच बुधबार दिउँसो २ बजेपछि फाईनल खेल हुने भएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि जित्ने टीमलाई नगद ६१ हजार १ सय ११ रुपैयाँ, शिल्ड मेडल , प्रमाण पत्र तथा उपविजेता हुने टीमलाई ३१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

Blog Post Ad

स्थानीय खेलकुदको विकाससँगै युवाहरुलाई खेलमा आकर्षित गर्न न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

Blog Post Ad Blog Post Ad