Ad Area

प्रथम रबि बस्नेत स्मृति कप फुटबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
दाङ, ९ असोज । दाङ तुलसीपुरको मजगैमा प्रथम रबि बस्नेत स्मृति कप नाईन ए साईड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

जागृति टोल बिकास संस्था तुलसीपुर–१७ मजगैको आयोजना तथा मजगै फुटबल क्लबको ब्यवस्थापनमा मजगै खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि असोज १३ गतेदेखि सुरु हुनेछ ।

२०७९ साल कार्तिक १२ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सामाजिक ब्यक्तित्व स्वर्गीय बस्नेतको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमलाई २९ हजार ९ सय ९९ रुपैया नगद तथा कप,मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै उपबिजेता टिमले १४ हजार ९ सय ९९ रुपैया नगद तथा कप,मेडल प्रमाणपत्र हात पार्ने आयोजक जागृती टोल बिकास संस्थाका अध्यक्ष मोहनलाल बस्नेतले जानकारी दिएका छन् ।

झन्डै एक सातासम्म संचालन हुने प्रतियोगितामा १२ वढी टिमको सहभागिता रहनेछ । असोज ११ गते ४ बजे सम्म टिम दर्ताको समय तोकिएको प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार र टाईसिट असोज ११ गते बेलुकी ५ हुने प्रतियोगिताको ब्यवस्थापनको जिम्मा पाएको मजगै फुटबल क्लबका अध्यक्ष चुर्ण केसीले जानकारी दिएका छन् ।

यसैबीच प्रतियोगिता आउन चार दिन बाकी रहदा आयोजकले खेल मैदान मर्मत,टिम दर्ता,प्रचारप्रसार लगाएतका तयारी कार्य लाई तिव्र पारेको जानकारी दिएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad