Ad Area

दाङमा चट्याङबाट एक जनाको मृत्यु,दुई जना घाइते


घोराही, ९ असोज । दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ ।

चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका–११ खुङ्कोट निवासी तीन बर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार बालकको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार विहान मृत्यु भएको हो । चट्याङ्बाट मृतक समिरको आमा ४२ बर्षीय निमकली साहु र ६ बर्षीया दिदी सविना साहु घाइते हुनुभएको छ ।

उहाँहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मंगलवार दिउँसो ३ बजेतिर घरमा चट्याङ लाग्दा उहाँहरु घाइते हुनुभएको थियो ।

Blog Post Ad Blog Post Ad