Ad Area

कविता : मनुष्य जीवन !


श्रीराम दहित

जीवन संगीत सरगमको यसमा हुन्छ मिठो धुन !
ताल-सुर मा हिड्न नजान्दा अझै कहाँ बरालिने हुन् ?

गहिराइमा चिन्तन मनन् गर्दा अचम्मको छ जीवन !
मैले जसरी सदुपयोग गरेको छु त्यही हो मनुष्य जीवन !

रङ्ग मञ्चको उपमा दिने गर्छन् कसैले मनुष्य जीवन !
अभिनय द्वारा प्रदर्शन कसले कसरी गर्‍यो मनुष्य जीवन ?

दुई भोटो- छाक दुई बढी खाने
अनुभवीले सागर हो भन्छन् जीवन !

सतह माथि तैरिने हरु भन्छन् जसरी हुन्छ मनोरञ्जन गर्नु मात्रै हो
जीवन !
शताब्दी आयु खर्चिनु अनि अनुभव बताउनु हो जीवन !

Blog Post Ad

पशुपन्छी ले झैँ पेट प्रजननमा मात्र सिमित नराखौं जीवन !
कोहि भन्छन् यात्रा हो जीवन, लक्ष्य लिइ हिड्छन् !

कोहि ठान्छन् जीवन मनोरञ्जन मात्र गन्तव्य बिर्सन्छन् !
मनुष्य जीवन बुझ्ने हरु भन्छन् तिमि बाँच अनि बाँच्न देउ !

जीवनको सार नबुझ्ने हरु भन्छन्
सुख जति मलाई मात्र देउ!
हाँसो- रोदन को मिश्रण नौनी हो
मनुष्य जीवन !

जीवनशैली अप्राकृतिक जिउँदा
ढुङ्गा हो मनुष्य जीवन !
मनुष्य जीवन पाउनु भाग्य हो भने
असल संस्कार पाउनु सौभाग्य हाम्रो !

श्रेष्ठ कर्म गर्न पाउनु अहोभाग्य हो,
भौतिक सुखमा रमाउनु दुर्भाग्य हाम्रो !
असहज केवल केहि समय हुनेछ ,
मनुष्य जीवनको सार बताउनु छ !
कठिनाइको पहाड उचाल्दै मनुष्य
जीवनको सार बताउनु छ!

Blog Post Ad Blog Post Ad