Ad Area

अपाङ्ग संघले पत्रकार पुरीलाई पुरस्कृत गर्ने


घोराही, १५ मंसिर । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराही दाङले ३० औं अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

हरेक बर्ष ३ डिसेम्वरमा मनाइने दिवसका अवसरमा अपाङ्गता भएकाहरुलाई कृतिम अंग प्रदान गर्ने र अपाङ्ता भएकाहरुको हक हितका लागि कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । नेपाल अपाङ्ग संघ दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार छवि पुरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

छापा तथा रेडियोमाध्यमबाट अपाङ्गता भएकाहरुको हक हितका लागि कलम चलाइरहेका रेडियो इन्द्रेणिका सम्पादक पुरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले १३ जना अपाङ्गता भएकाहरुलार्ई कृतिम अंग प्रदान गर्ने गएको छ । १३ जना अपाङ्गता भएकाहरुमध्य घुँडामाथिको कृतिम अंग आठ जनालाई, घुँडामुनीको अंग चारजनालाई र हिप एकजनालाई प्रदान गरिनेछ ।

यसैगरी नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको यहि मंसिर २० गतेका दिन काठमाडौंमा हुने साधारण सभामा सहभागिता जनाउने निर्णय गरेको छ । यसका साथै केन्द्रिय साधारण सभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि पनि भूमिका खेल्ने निर्णय गरेको सचिव भुमा चौधरीले जानकारी दिएकी छिन ।

Blog Post Ad Blog Post Ad