कविता : सनातन संस्कार
श्रीराम दहित
पुंशवन,मुण्डन,अन्नप्राशन लगायत संस्कार सबैले गराउने
जुन सन्तानको सबै संस्कार नगर्दा
राम,लक्ष्मण,भरत ,शत्रुधन हाम्रो आदर्श को कथा
किन जन्म लिऔं यस दुनियाँमा, अमुल्य मानव चोला ।
मातापिता,गुरु र देशको सेवा नगरे व्यर्थ जीवन होला ।
हाम्रा पुर्वज ऋषिमुनिले सुन्दर संस्कार चलाए ।
जन्ममृत्यु र मरणोप्रान्त जीवनको महत्त्व बताए ।
विवाह गृहस्थ जीवनको महत्त्वपूर्ण हो संस्कार ।
पत्नीपतिको सम्बन्धलाई सबैले राखौं बर्करार।
मनुष्य तनलाई अमुल्य बनाउने सनातन हो,परम्परा ।
जसले बुझी सदुपयोग गर्यो, सुन्दर ऋषि परम्परा ।
ज्ञानीले हाँसी बिताउने जीवन,किन मुर्खले रोई बितायो ।
संस्कार जिउने कला,बुझ्न नसक्दा रोईदिन काटायो ।
परम्परा अति महान हो, हाम्रो जोगाइ राख्नु छ ।
ऋषिमुनि संस्कार प्राप्ति हुँदा गौर्वान्वित बन्नु छ ।
लुप्त हुँदैछ ऋषि संस्कार घरघरमा दियो झैँ बालौं ।
जीवन उज्ज्वल र संस्कार संरक्षणमा पाइला चालौं ।
सानालाई माया,ठुलालाई आदर,पाहुना अतिथिलाई सत्कार ।
मिलिजुली बस्ने बाँडिचुडी खाइ रमाउने सनातन हाम्रो संस्कार ।