Ad Area

सामूहिक बलात्कारमा संलग्न चार जना पक्राउ


घोराही, १८ असोज । दाङमा विवाहको प्रलोभन देखाएर १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–५ मंघर निवासी २४ वर्षीय सन्जित चौधरी, सोही ठाउँका १९ वर्षीय धीरज चौधरी, २१ वर्षीय सन्दिप चौधरी र गढवा गाउँपालिका–५चैनपुर निवासी १९ वर्षीय किरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार पक्राउ परेका किरण चौधरीले विवाह गर्ने प्रलोभन देखाएर केटीलाई बोलाएर गढवा गाउँपालिका–५ मंघरस्थित होम पाईप बनाउने कम्पनीको खाली घर (हाल बन्द अबस्थामा रहेको) स्थानमा लगेर सामुहिक बलात्कार गरेका थिए । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad