Ad Area

दाङमा गाई काटेर खाएको आरोपमा चार जना पक्राउ


दाङ,१९ असोज । दाडमा प्रहरीले गाई काटेर खाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नं. ६ वनकट्टीका ३२ वर्षका वागमती विक, सोही ठाउँकै ३४ वर्षका नौमती विक, ३४ वर्षकी नौरती विक र १९ वर्षका टोपे विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुले केही दिन अघि केही गढवा गाउँपालिका–६ वनकट्टीमा सोही गाउँपालिका वडा नं. ५ मनिकापुरस्थित गौशालाबाट पाल्न भनी अन्दाजी दुई वर्षको गाईको बाच्छो लगेर काटेर खाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार चारै जनालाई प्रहरीले मासुसहित नियन्त्रणमा लिएर पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । बयानका क्रममा पक्राउ परेका अभियुक्तले औषधीका रुपमा प्रयोग गर्न गाइ काटेर खाएको बनाएका दिएका छन् । गाई नेपालको राष्ट्रिय जनावर भएकाले काटेन प्रतिबन्ध छ ।

Blog Post Ad Blog Post Ad