Ad Area

नेपाल शिक्षक महासंघ दाडको स्थानीय कार्यसमिति घोषणा


हेमराज शर्मा
दाड, २२ असोज । नेपाल शिक्षक महासंघ दाडको स्थानीय कार्य समितिको नयाँ नेतृत्वको घोषणा आज मंगलबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

नेपाल शिक्षक महासंघ दाडका अध्यक्ष युवराज बस्नेतको सभापतित्व एंव महासंघका संघीय उपमहासचिव सुशीला सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षकहरु एकजुट भएर अघी बढ्न सके मात्रै आफ्ना पेशागत हक अधिकार सुरक्षित गर्न सकिनेमा जोड दिएका थिए ।

पेशाकर्मीका माग सम्वोधन गर्न सरकारमा बस्नेहरुले सदैव वेवास्ता गर्ने गरेको भन्दै बक्ताहरुले अव एकजुट भएर अघी बढ्नुपर्ने बताएका छन । नेपाल शिक्षक महासंघको स्थानीय तहको नयाँ नेतृत्वमा अन्र्तगत तुल्सीपुरको अध्यक्षमा जितबहादुर थापा, बबईमा मानबहादुर बस्नेत, शान्तिनगरमा लालबहादुर वली, दंशीशरणमा खेमराज बुढाथोकी, बंगलाचुलीमा ज्ञानेन्द्र ढकाल, लमहीमा मनिराम केसी, राप्तीमा कुलराज जैशी, गढवामा हिमालप्रकाश अधिकारी र राजपुरमा रामबरण यादव रहेका छन् । घोराहीको महासंघको नेतृत्व भने पछि चयन गरिने जिल्ला अध्यक्ष युवराज बस्नेतले जानकारी दिएका छन् ।

महासंघको महिला उपाध्याक्ष उषा गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिशिष्ट अतिथि द्वय अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष निमबहादुर केसी र नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य निर्मला डाँगी, महासंघको सह जिल्ला अध्यक्ष लिलाधर विक, नेपाल शिक्षक संघ लुम्विनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, संघका जिल्ला अध्यक्ष प्रकाश डाँगी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष झक्कुप्रसाद केसी, प्रगतिशील नेपाल राष्टि«य शिक्षक संगठनका अध्यक्ष सुशीला पौडेललगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल शिक्षक महासङ्ग दाङका सहसचिव गिरिराज शर्माले गरेका थिए । नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad