Ad Area

गजलमा गुञ्जिए नेपाल


दाङ,२ कार्तिक । दाङको घोराहीमा साहित्यकार नारायण नेपालका गजलको एकल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको सष्टा एक : प्रतिभा अनेक कार्यक्रममा नेपालले रचना गरेका गजल गञ्जिएका थिए ।

कार्यक्रममा साहित्यकार सर्जक नेपालसँगै गायक तथा विश्वकृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक यादवनाथ योगी, सुशीलकुमार श्रेष्ठ, सन्तोष रजौरे र दीपलता उपाध्यायले दर्जनौं रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्य र संगीतलाई समेटेर प्रस्तुत गरिएका सिर्जनाहरूले सहभागिहरूलाई मनोरञ्जनसँगै साहित्यिक अभिरुचिलाई पनि प्रोत्साहन गरेको थियो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार गोविन्दराज श्रेष्ठ प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा राष्ट्र एवं प्रकृति प्रेम, माया पिरतीलगायत विभिन्न सामसायिक विषयमा नेपालले रचना गरेका गजलहरु प्रसस्तुत गरिएका थिए । सहभागीले जिल्लामा नयाँ खालको कार्यक्रम भएको भन्दै कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

गजल बाचन तथा गायन कार्यक्रममा साहित्य र संगीतलाई सँगसँगै प्रस्तुत गरेर सांस्कृतिक पक्षलाई थप उजागर गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कार्यक्रमले साहित्य, संगीत र संस्कृतिको महत्वलाई उजागर गर्दै दाङ जिल्लालाई साहित्यिक क्रियाकलापको एक केन्द्रबिन्दु बनाउन सहयोग पु¥याएको बताएका थिए । उनले कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै साहित्यिक चेतनाको विकासमा ठुलो योगदान पु¥याएको भन्दै कार्यक्रमको प्रशंसा व्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद्का उपाध्यक्ष सुरेन्द्र पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई किशोरचन्द्र गौतमको स्वतिबाचनले थप आकर्षण गराएको थियो । कार्यक्रमको सहजीकरण साहित्यकार प्रकाश केसी र घनश्याम केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad