Ad Area

खेतुलाल स्मृति कपको तयारी पूरा,आज उद्घाटन हुने


हिमाल महरा

बंगलाचुली,२ कार्तिक । प्रथम स्व. खेतुलाल नेपाली (सुरज) स्मृति कप खुल्ला क्रिकेट प्रतियोगीको तयारी पुरा भएको छ । कार्तिक २ देखि सुरु हुने क्रिकेट प्रतियोगीको सम्पूर्ण तयारी पूरा भएको आयोजक काभ्रेली एकता समाजले जनाएको छ ।

प्रतियोगिताका लागि ग्राउण्ड निर्माण,प्रचारप्रसार,अतिथिलाई आमणन्त्रण गर्नेलगायतका सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा घोराही–१८ नवलपुरमा रहेको न्यु स्वर्गद्धारी फर्निचर उद्योगले प्रथम पुरस्कार तथा द्धितिय पुरस्कार घोराही–१५ भरतपुरमा रहेको ब्राईट फ्युचर प्राविधिक शिक्षालय एण्ड ब्राईट फ्युचर कम्प्युटर इन्स्टिच्युटले गरेको छ । त्यसैगरी म्यान अफ द सिरिज न्यु सिद्दार्थ टांसपोर्ट बंगलाचुली, बेस्ट बलर इभर ग्रीन घोराही र बेस्ट ब्याटसम्यान आर्टी सप्लार्यसले सहयोग गरेको खेल आयोजक समितिको संयोजक बिक्रम डांगीले जानकारी दिएका छन् ।

साथै प्रतियोगितालाई सफल पार्न नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज पाण्डेय, किरणकिशोर घिमिरे, बंगलाचुली गाउँपालिका–४ का वडा सदस्य दिपक परियार, नेपाल दलित संघका केन्द्रीय सदस्य तेजबहादुर बिक, समाजसेवी टेकबहादुर थापा, दुर्गा केसी, प्रविन केसी र देबेन्द्र गिरीले आर्थिक सहयोग गरेको संयोजक डाँगीले बताए ।

राष्ट्रिय खेलाडी आउँदै

स्व. खेतुलाल नेपाली (सुरज) स्मृति कप खुल्ला क्रिकेट प्रतियोगीमा कर्णाली प्रदेशबाट २०२० देखि प्रधानमन्त्री कप खेल्दै आएको इपिएल विराटनगर र नेपालको अन्डर १९ को राष्ट्रिय क्याम्प समेत परेका खेलाडी अनुज चुनारा र २०२० मा प्रधानमन्त्री कप खेलेका खेलाडी गोविन्द विक बचेनी क्रिकेट क्लबबाट प्रतियोगिता खेल्दै छन् ।

Blog Post Ad

बंगलाचुलीमा अहिलेसम्मको ठुलो खेलाडी आएको बंगलाचुली क्रिकेट विकास समन्वय समितिका अध्यक्षले हिमाल महराले बताए । अध्यक्ष महराले राष्ट्रियस्तरका खेलाडीको आगमनले यो प्रतियोगितामा आर्कषक तथा रौनक बढाएको बताए ।

प्रतियोगितामा ९ टिमको सहभागी रहेको छ । जस्मा काभ्रे श्रीवारी क्रिकेट क्लब , जुम्लेपानी क्रिकेट क्लब, भि.आर.सि.सि हर्नोक, अगरा क्रिकेट क्लव घोराही, सप्तरङ्गी क्रिकेट क्लव, पुरुङ क्रिकेट क्लब, बचेनी क्रिकेट क्लब, स्युजा क्रिकेट क्लब र लायन्स क्रिकेट क्लबको सहभागिता रहेको संयोजक डागीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad