Ad Area

सिर्जनात्मक कलाको माध्यमबाट समाज परिवर्तनमा जोड


दाङ, ५ कात्तिक । सिर्जनात्मक कला अर्थात् आर्टिभिज्म आर्टका माध्यमबाट समाजमा परिवर्तन गर्न सकिने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । कमलरी र कमैयाको पुनर्स्थापनाका सवाल सार्थक नबाउन नवीन शैलीमा उठान गर्न सकिनेमा सहभागीले जोड दिए ।

दाङको लमहीमा कात्तिक १ गते भएको सरोकारवालासँगको छलफल तथा कार्यशालामा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । कमलरीहरुलाई निर्णायक तहमा पुर्याउन तथा कमैया कमलरीका विषयमा विद्यमान समस्याको दीर्घकालीन समाधानका लागि आर्टिभिज्म कलामार्फत सचेतना फैलाउन सकिने उनीहरुको भनाई थियो । पछाडी परेक तथा मौलिक अधिकारबाट समेत बन्चित भएका समुदायलाई अगाडि ल्याउन सबैले आआफ्नो स्थानबाट जिम्मेवार रुपमा भुमिका खेल्न आग्रह गरिएको थियो ।

आर्टिभिज्म कार्यक्रम अनुसन्धान अधिकृत ज्योत्स्ना गौतमले कलाको माध्यमबाट समर्थन गर्न वा माग राख्न सकिने विषयलाई उठान गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले कमलरीको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियोे । कार्यशालामा सामाजिक अभियन्ता, समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियोे ।