फोटोन र सोकोनका विद्युतीय गाडी अब दाङमा
घोराही, १३ कार्तिक । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी बतास एमएडब्लू प्रालिले दाङको घोराहीमा नयाँ शोरुमको संचालनमा ल्याएको छ । घोराही १६ कपासीस्थित कृजल पेट्रोल पम्पको छेउमा अत्याधुनिक सुविधासम्पन्न शोरुम सोमबारदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो ।
प्रालिका हेमन्त पुराणिकको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यमा १९ औं शोरुमका रुपमा उदघाटन भएको हो ।
चीनका प्रसिद्ध सवारी साधन निर्माताको आधिकारिक वितरक एमएडब्लुले हाईरुफ इभिभ्यान, टुनल्याण्ड र टिएम वानसहित भरपर्दा सवारी साधन रहेको बताइएको छ । यात्रुवाहक सवारी, कार्गाे भ्यान, स्कुल र कार्गो भेरियन्टमा विद्युतीय सवारी साधन उपलब्ध गराइने शोरुमले जनाएको छ । सेल्स सर्भिस र स्पे्रयरपार्टस् घोराही कपासी स्थित शोरुमबाटै उपलब्ध हुने कम्पनीले जनाएको छ । छिटै चार्जिङ सुविधा दिने प्रतिबद्धता जनाएको छ ।
कम खर्चिलो र वातावरणमैत्री भएकाले उपयुक्त भएको दाबी शोरुमले गरेको छ । यसअघि डिजल, पेट्रोलका सवारी साधन बिक्री गरेको कम्पनीले अहिलेको युगको माग अनुसार विद्युतीय सवारी साधन ल्याएको जनाएको छ । सो अवसरमा गाडी खरिदकर्ता पदम भण्डारी र नुमबहादुर विष्टलाई चाबी हस्तान्तरण गरिएको थियो ।
शोरुममा फोटोन र सोकोनका कमर्शियल गाडीहरू उपलब्ध रहेको छन् । फोटोन मोटर्स चीनको नम्बर १ व्यावसायिक वाहन निर्माताको आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ ।
एमएडब्लू वृद्धिले सोकोन मोटर्सको बहुमुखी ईसी ३६ को ११ सिटर यात्रुबाहक सवारी साधन र ईसी ३५ को कारगो भ्यान १०५० किलो पनि उपलब्ध गराएको छ । जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश रहेका बाईएको छ ।
प्रोडक्ट हेड सबिन्द्र बिक्रम थापाका अनुसार, फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडीहरू दाङ शोरुमबाट बिक्री शुरु भएको छ । जसमा ११ देखि १५ सिटसम्मका यात्रुबाहक र १.४ टनको भार क्षमता को विद्युतीय सवारी साधनहरू उपलब्ध रहेका छन् ।
एमएडब्लू वृद्धि कमर्शियल भेहिकल्स प्रालिका लागि बतास एमएडब्लू प्रालि काठमाडौं बाहिरको लागि फोटोन र सोकोन सवारी साधनको आधिकारिक वितरक रहेको छ । एमएडब्लू वृद्धि कमर्शियल भेहिकल्स प्रालि सिएटीएल ब्याट्री र सिएटीएल ब्याट्री स्पेयर पार्ट्सको गोदामको आधिकारिक सेवा एजेन्ट पनि हो । कम्पनीसँग नेपालभरि २० वटा सेवा केन्द्रहरू रहेका छन्, जहाँबाट विद्युतीय सवारी साधन र ऋब्त्ी ब्याट्रीको सेवा प्रदान गरिनेछ । प्रतिस्पर्धी सवारी साधनहरूको ब्याट्रीमा पनि सेवा उपलब्ध हुनेछ ।
नेपालको लागि आधिकारिक आयातकर्ता, एमएडब्लू वृद्धि कमर्शियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ताका अनुसार, ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गरिएको र सबै प्रमुख शहरहरु बाट ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने योजना राखेको जानकारी दिनुभयो ।
बतास एमएडब्लू प्रालिका भिपी हेमन्त पुराणिकका अनुसार दाङमा खुलेको सेल्स्, स्पेयर्स, सर्भीस शो–रुमबाट फोटोन्, सोकोनको ग्राहकले अत्याधुनिक सर्भीसकोसाथै, वेल स्टक्ड स्पेयस पार्ट्सको सुबिधा पाउन सक्नेछन् । उहाँले विद्युतीय सवारी साधनको प्रयोगले सवारी साधन धनीलाई नाफा मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नयाँ शोरुममा ग्राहकहरूले डेडिकेटेड बिक्रि टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथ आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन् ।
दाङसहित यस क्षेत्रका ग्राहकहरूले नयाँ व्यावसायिक सवारी साधनहरूको अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको सेल्स, स्पेयस, सर्भीस शो–रुम फाइदा लिन सक्ने बताईएको छ ।