खुत्रुके बचतकर्तालाई शुभलक्ष्मीकाे अभिमुखिकरण
घोराही, १२ कार्तिक । शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा खुत्रुके बचतकर्ताहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
शिक्षा उपसमितिका संयोजक कृष्णकुमार न्यौपानेको अध्यक्षतामा घोराही –६ गुरुवागाउँमा सोमबार भएको कार्यक्रममा संस्थाका अध्यक्ष शरदकुमार आचार्यले बालबालिकाहरुलाइ बचत गर्ने बानीको बिकास गराउनका लागि बालबचतको अबधारणा ल्यायको बताउनुभयो ।
संस्थाका वरिष्ठ सल्लाहकार बिमल अधिकारीले बालबालिकामा बचत गर्ने बानीको बिकास गर्नका लागि स्थापनाकालमै बाल खुत्रुके बचतको कार्यक्रम ल्याएको बताउनुभयो । बालबालिकामा फजुल खर्च नगर्ने र बचत गर्ने बानीको बिकास भएको बताउनुभयो । सल्लाहकार श्रीधर शर्मा पौडेलले आजका बालबालिका भोलीका कर्णधार भएकाले बालबालिकाले आफ्नो बानीलाइ सुधार गर्नुपर्ने र सानैदेखि बचतको बिकास गर्नुपर्ने बताउनुभयो ।
सल्लाहकार पद्मप्रसाद आचार्यले सहकारीले बालबालिकाहरुका लागि गरेको काम महत्त्वपूर्ण रहेको बताउनुभयो । यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संथाका सचिव बिष्णुप्रसाद अधिकारी, सहभागी प्रतिक अधिकारी, अर्पणा भुसाल, पृतीका बिष्ट, रोजिना अधिकारी, बर्षा रावत लगायतले भनाइ राख्नु भएको थियोे । शिक्षा उपसमिति सदस्य पूर्णबहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा उपसमिति सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियोे ।