Ad Area

कोरोनाका कारण परीक्षा दिन नपाएका कक्षा १२का परीक्षार्थीको परीक्षा आज


घोराही १६, मंसीर । कोरोनाका कारण नियमित परीक्षा दिन नपाएका कक्षा १२का परीक्षार्थीको परीक्षा आज (बिहीबार) हुँदै छ। गत भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले आज अर्को परीक्षा सञ्चालन गर्ने भएको हो।

देशभर यस्ता परीक्षार्थी ४१ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ। उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही ढिला गरी प्रकाशित हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो।

Blog Post Ad Blog Post Ad