Ad Area

पहिलो चौमासिक सकिदासम्म विकास खर्च न्यून


दाङ, १६ मंसिर । आर्थिक वर्षको पहिलो चौमासिक सकिएको छ । तर विकास बजेट अपेक्षित रुपमा खर्च हुन सकेको छैन् । यसले विकास निर्माणको गती सुस्त भएको देखाउछ । घोराही उपमहानगरपालिकामा चार महिनामा चारप्रतिशत पनि विकास बजेट खर्च भएको छैन । अर्थात ३.३१ प्रतिशत विकास बजेट खर्च भएको छ ।

८० करोड, ७६ लाख ६६ हजार चार सय ६६ रकम मध्ये दुई करोड, ६७ लाख, चार हजार नौ सय २९ रकम खर्च भएको छ । पहिलो चौमासिकमा चालु खर्च भने २६.३३ प्रतिशत रकम खर्च भैसकेको छ । यो भनेको तलव र भत्तामा हुने खर्च हो । ५२ करोड, ५७ लाख १७ हजार पाँच सय ३४ रुपैँया मध्ये १३ करोड ८४ लाख, ३६ हजार आठ सय १४ रुपैँया खर्च भएको हो ।

बुधवार घोराही उपमहानगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा संघिय सरकारको ०.७ प्रतिशत रकम मात्र खर्च भएको जानकारी गराइएको थियो । १० करोड, ९१ लख मध्ये ८० हजार रुपैँया मात्र खर्च भएको छ । भने लुम्बिनी प्रदेशको रकम र खर्च देखाइएको छैन् ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकार विस्थापित गर्दै लुम्बिनी प्रदेशमा साउन २८ गते माओवादी नेतृत्वमा पाँच दलीय गठवन्धनको सरकार बनेपछि तत्काल कुनै पनि खर्च नगर्न भनिएको थियो । नयाँ सरकार गठनसंगै अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्दैै असोज २० गते मात्रै चालु आर्थिक वर्षको बजेट ल्याएको थियो ।

लुम्बिनी प्रदेश सरकारले चालु वर्षको पहिलो चौमासिकमा विकास बजेट जम्मा दुई दशमलब ८३ प्रतिशत खर्च गरेको छ । २२ अर्ब ४७ करोड १५ लाख विकास बजेटमा जम्मा ६३ करोड ५७ लाख मात्रै खर्च भएको छ । जसको असर जिल्लामा कार्यान्वयन हुने प्रदेश सरकारको कार्यक्रममा पनि देखिएको छ । कार्यक्रममा प्रदेश सरकारको बजेट कार्यक्रमको बिषयमा प्रष्ट उल्लेख नगरेको भएपनि जिल्लामा बजेट आइसकेको र कार्यान्वयनको काम सुरु हुने घोराही उपमहानगरपालिकाले जानकारी गराएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले पहिलो चौमासिकमा अपेक्षित विकास बजेट खर्च हुन नसकेको भएपनि अव भने कामलाई गति दिनुपर्ने बताएका छन् । प्रत्येक वर्ष विकास निर्माणको काम गर्ने समयमा नभएर आर्थिक वर्ष सकिनै लाग्दा काम गर्ने परिपाटीले विकासका काम प्रभावकारी हुन नसकेको गुनासो आउने गर्दछ ।

Blog Post Ad

कार्यक्रममा सहभागिहरुले घोराही उपमहानगरपालिकाको काम कारवाहीका विषयमा थुप्रै जिज्ञासाहरु उठाएका थिए । सानुनारायण अधिकारीले निर्वाचनको समयमा तयार पारिएका घोषण पत्र अनुसार काम नभएको बताए । यसका साथै कालोपत्रे गरिएका सडकहरुको नियमित रुपमा सम्भार नहुँदा पिच उत्रिएर ग्राभेल सडक भन्दा पनि खतरायुक्त भएको बताए । पूर्व कार्यकारी अधिकृत समेत रहेका हरिप्रसाद पाण्डेयले घोराहीमा चक्रपथ निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताए । पुरै घोराहीलाई समेटेर चक्रपथ निर्माण गर्दा पालिकाको विकास अगाडी बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा सहभागिहरु वट उठेका प्रश्नको जवाफ प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका दिवाकर योगी, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डाँगी लगायतले जवाफ दिएका थिए । घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

Blog Post Ad Blog Post Ad