Ad Area

हिरा डाँगी स्मृति कप फुटबल,बिहीवारदेखि सेमिफाइनल खेल हुने


लक्ष्मण बस्नेत

तुलसीपुर, ५ मङ्सिर । दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ अन्तर्गत विहीवारदेखि सेमिफाइनलका खेलहरु हुने भएका छन् । हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजनामा संचालित प्रतियोगिताको बिहिवार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ स्टार फुटबल क्लब घोराही र टरिगाउ युवा क्लब तुलसीपुर भिड्नेछन् । खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

राइजिङले स्काई क्लब सुर्खेतलाई क्वाटर फाईनल खेलमा ४–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने टरिगाउले साहारा फुटबल क्लब लखनउ ट्राईबेकरमा ५–३ होलले पराजित गर्दै राईजिङ स्टारसंगको सेमिफाइनल भेट पक्का गरेको हो । त्यस्तै शुक्रवार दिउँसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् ।

युएनबिसीले ज्ञानज्योती ईनोभेटिमलाई सर्ट एण्ड डेथमा ६–५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा बिर्गेड ब्वाईजले बुधबार सम्पन्न क्वाटर फाइनल खेलमा कपिलवस्तु–११ लाई ४–२ गोलले पराजित गर्दै युएनबिसीसंगको सेमिफाइनल भिडन्त पक्का गरेको हो । मङ्सिर ८ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधातर्फका खेलाडीलाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफि प्रदान गरिने खेल दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रितीबहादुर गिरी प्रेसले जानकारी दिएका छन् ।