Ad Area

प्रथम नेविसंघ कपको उपाधि ग्रेटअरनिकोलाई


दाङ,९ मंसिर । प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट अरनिको तुलसीपुरले जित्न सफल भएको छ । नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरिया क्रिकेट मैदानमा आइतवार भएको प्रतियोगिताको फाइनल खेलमा घोराहीमा रहेको अम्विकेश्वरी क्याम्पसलाई पराजित गर्दै प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट अरनिको तुलसीपुरले चुम्न सफल भएको हो ।

फाइनल खेलमा अम्विकेश्वरी क्याम्पस घोराहीलाई ६ रनले पराजित गर्दै ग्रेट अरनिकोले उपाधिसहित नगद २५ हजार प्राप्त गरेको छ । टस जितेर व्याटिङमा आएको ग्रेट अरनीकोले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३७ रन बनाउन सफल भएको थियो । जस्मा विक्की रोकाले सार्वधिनक ३५ र रोशन खत्रीले २८ रन बनाएका थिए । अम्बेकिश्वर क्याम्पस घोराहीका बलर आयुष वलीले ४ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिएका थिए ।

१ सय ३८ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अम्बिकेश्वरी क्याम्पसको टिमले १९.४ ओभरमा अलआउट हुँदै १ सय ३१ रन बनाउन सफल भयो । आयुश वलीले सर्वाधिक ४५ रन र शिसिर डिसिले २३ रन बनाउनु बाहेक अरु व्याट्सम्यानले रन बनाउन नसक्दा प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको बिजेता बन्न सकेन । उपविजेत बनेको अम्विकेश्वरी क्याम्पसको टिमले नगद १५ हजार र ट्रफि प्राप्त गरेको छ । त्यसैगरी विद्यागततर्फ म्यान अफ द सिरिज विक्की रोका वेष्ट ब्याट्सम्यान शिशिर डिसी र बेष्ट बलर विक्की रोका घोषित भएका थिए ।

प्रतियोगिताका बिजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहान्त्री खगराज पाण्डेयले विद्यार्थीलाई शिक्षासँगै खेलकुदका कार्यक्रममा जोड्न आवश्यक रहेको बताए । खेलकुदका माध्यमबाट अघि बढ्न सके नामसँगै खेलाडीको पहिचान समेत बन्ने भन्दै सहमहामन्त्री पाण्डेयले खेलकुद क्षेत्रको विकासका लागि स्थानीयदेखि संघीय सरकारले लगानी गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरु नेविसंघले विद्यार्थीहरुको हकहितसँगै क्रिकेट प्रतियोगिता आयोजना गरेर राम्रो काम गरेको भन्दै यसले खेलकुद क्षेत्रमा रुचि भएकालाई अघि बढ्न सहयोग गर्ने बताएका थिए । जिल्लामा विभिन्न समयमा खेलकुदका प्रतियोगिताहरु हुने गरेपनि स्तरीय खेलकुद मैदान नहुँदा समस्या भएको भन्दै सरकारलाई खेलकुद क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिका सभापति विजय विष्टको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यता एंव नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदिप मज्गैया, राप्ती ईन्जिनियरिङ क्याम्पका प्रवन्ध निर्देशक डा. भिमसेन गिरी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीको विशिष्ट आतिथ्यमा भएको प्रतियोगिताको समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण रमिला शर्माले गरेकी थिइन । प्रतियोगितामा जिल्लाका २० टिमको सहभागीता रहेको थियो ।