महायज्ञमा रोकाद्वारा एक लाख बढी दान,पञ्चेबाचासहित सम्मान

दाङ,२२ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ मा बिना रोकाले एक लाख बढी दान गर्नुभएको छ ।
विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि मंसिरको २१ गतेदेखि सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा घोराही उपमहानगरपालिका–७ सौडियार निवासी रोकाले एक लाख पाँच सय रुपैयाँ आर्थिक संहयोग गर्नुभएको हो ।
महायज्ञमा हालसम्म सवैभन्दा धेरै आर्थिक दान गर्ने पूर्व विद्यालय व्यवस्थापन समितिकी सदस्य समेत रहनुभएकी रोकासहित उहाँको परिवारलाई पञ्चेबाजासहित स्वागत सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले जानकारी दिनुभएको छ ।
महायज्ञमा हालसम्म सवैभन्दा धेरै दान गर्ने बिना रोकालाई महायज्ञका कथाबाचक पंडित कोमल उपाध्यायले सम्माणपत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहनुभएको छ ।