Ad Area

दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते


घोराही, ५ पुस । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रवार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ बर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बस दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लाग घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार दुर्घटनामा बसमा सवार २२ जनामध्ये ११ जना घाइते हुनुभएको छ । घाईतेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरु रोल्पा त्रिबेणी गाउँपालिका–४ बस्ने बर्ष २८ का बीरबहादुर डाँगी, राप्ती गाउँपालिका–.५ बस्ने बर्ष ३१ का प्रेम सुबेदी, तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डी बस्ने बर्ष ४५ की देवा बिक, तुलसीपुर–.१६ बस्ने बर्ष ५४ की सिताकुमारी अधिकारी,तुलसीपुर–१९ बस्ने बर्ष ३८ की तुलसा खड्का घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका–९ बस्ने बर्ष ६० का बलबहादुर डाँगी,घोराही–५ बस्ने बर्ष २४ की साबित्रा बस्नेत,घोराही– ३ बस्ने बर्ष ३४ का रामसिंह चौधरी, घोराही–१२ बस्ने बर्ष ३७ का नरबहादुर वली, घोराही–९ बस्ने बर्ष २२ की सिता बिश्वकर्मा र घोराही– १५ बस्ने बर्ष २४ का दिप परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार प्रहरीले बस चालक घोराही–१८ फुर्सेखाली निवासी बर्ष ५३ का गोपाल बिकलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान गरिरहेको बताउनुभएको छ ।